पोखरा–मुग्लिन सडक निर्माणमा ढिलाइले दुर्घटनाको जोखिम

 बुधबार तनहुँमा भएको छुटाछुटै सवारी दुद्र्यटनामा परेर एक जनाको मुत्यु र ११ जना घाइते भए । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको भयो भने आँबुखैरेनीमा खहरेमा यात्रुवाहक बस खस्दा ११ जना घाइते भए ।

फरकफरक दुर्घटना भए पनि दुवैको कारण प्रकृति भने एकै छ, तीव्र गति । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पछिल्लो समय पृथ्वीराजमार्गमा भएका अधिकांश दुर्घटना तीव्रकै कारण भएका छन् ।

frontline

रायका अनुसार बुधबार ११ जना घाइते हुने गरी भएको बस दुर्घटनाको कारण एकातिर तीव्र गति हो भने अर्कातिर सडकको कारण पनि हो । पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक रूपमा सवारी दुर्घटनाहरू बढ्न थालेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here