काठमाडौँमा सडक विभागले थाल्यो  सडकका खाल्डो पुर्ने कार्य

काठमाडौँ । सरकारले चाडपर्वमा  खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिए । 

‘दसैँ अघि सडक खाल्डाखुल्डी रहित बनाउने हाम्रो लक्ष्य हो । चार दिन अघिदेखि खाल्डा पुर्ने काम सुरु गरिएको छ । देशका विभिन्न सडकहरूको खाल्डोहरू दसैँअघि नै पुर्ने गरी ठेक्का आह्वान भएको छ,’ उनले भने । 

frontline

नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here