कोसी प्रदेशमा पनि नेविसंघको समन्वयमा ‘पेइड इन्टर्नसिप’

कोसी प्रदेशको पूर्वाञ्चल क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ(नेविसंघ)को समन्वयमा ‘पेइड इन्टर्नसिप’ कार्यक्रम सञ्चालन गर्न विभिन्न ७ वटा कम्पनीहरूसँग सम्झौता भएको छ ।
नेविसंघ केन्द्रीय समिति र पूर्वाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा क्याम्पस प्रशासन र विभिन्न ७ कम्पनीबिच बुधवार एमओयू(सम्झौता)मा हस्ताक्षर भएको छ ।




सम्झौतामा सहभागी कम्पनीमा रामेछाप शेर्पा कन्स्ट्रक्सन, सप्त भूमि एग्रो रिसर्च, भीमेश्वर ग्रुप, टाह्री बिल्डर्स, बस्नेत बिल्डर्स, रुपालाकी कन्स्ट्रक्सन र सिद्धार्थ कन्स्ट्रक्सन रहेका छन् । यो सम्झौताबाट पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत सिभिल, कृषि र इलेकट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूले पेइड इन्टर्नसिपबाट लाभ लिन सक्नेछन् ।
यी कम्पनीहरूले पेइड इन्टर्नसिपमा सहभागी हुने विद्यार्थीलाई मासिक १५ हजार तलब सुविधा दिने सहमति गरेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्