आइसिसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्।

हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव रहेका शाहले यसैवर्षको डिसेम्बर १ देखि आइसिसीको अध्यक्ष पद सम्हाल्नेछन्।

frontline

सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा उनले काम गर्दै आएका छन्।

आइसिसीको मिडिया विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि शाह अध्यक्षमा निर्विरोध चुनिएका हुन्।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने बताएका छन्।

विशेष रूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उनले महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन्।

आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति पनि बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here