अनलाइन किनेको कट्टु लगाउँदा छोरी गर्भवती बनेको आमाको दाबी

काठमाडौँ । चीनको एक कम्पनीले हालैमात्र आफ्नो ग्राहक सहायता कर्मचारी र एक महिलाबिच भएको कुराकानीको शृङ्खला सार्वजनिक गरेको थियो । यसमा ती महिलाले आफ्नो छोरी कम्पनीबाट किनेको कट्टु लगाउँदा गर्भवती भएको दाबी गरेकी थिइन् ।
नाम नखुलाइएको उक्त कम्पनीले यस्तो ‘स्टन्ट’ ले उद्यमीहरूलाई व्यापार नै बन्द गर्न बाध्य बनाउन सक्ने चेतावनीसमेत दिएको थियो । 

ती महिलाले चीनको सबैभन्दा ठुलो अनलाइन सपिङ कम्पनी टाओबाओबाट उक्त कम्पनीको कट्टु खरिद गरेकी थिइन् । पछि उनले ती नयाँ कट्टु लगाएपछि आफ्नो छोरी गर्भवती बनेको भन्दै ग्राहक सहायता कर्मचारीहरुलाई गुनासो गरेकी थिइन् । कर्मचारीहरूले यस्तो हुनै नसक्ने भन्दै उनलाई सम्झाउन खोजे पनि योभन्दा भन्दा बाहेक अन्य तरिकाबाट आफ्नो छोरी गर्भवती हुनै नसक्ने अड्डी कसेकी थिइन् ।

frontline

महिलालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए । ‘मेरो छोरी तिमीहरूको कट्टु लगाएपछि गर्भवती भएकी छिन्,’ ती महिलाले गुनासो छाडेकी थिइन् । जसको जवाफमा कर्मचारीहरूले सुरुमा लेखेका थिए –कट्टुलाई गर्भवती सार्ने माध्यमको रूपमा प्रयोग गर्न सकिँदैन ।

महिलाले यो कुरा सामाजिक सञ्जालमा साझा गर्न सक्ने डरले कम्पनीले पहिले नै ती महिलासँग भएको कुराकानी आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको थियो । यो पोस्ट निकै भाइरल बनेको थियो । जसमा मानिसहरूले कमेन्ट ती महिलाकी छोरी कसरी गर्भवती बनिन् भन्ने विभिन्न सिद्धान्तहरू सुझाएका छन् ।

यो कथा भाइरल बनेपछि कम्पनीका सीईओले ती महिलालाई सम्पर्क गर्ने प्रयास पनि गरेका थिए । तर, उनको फोन नम्बरबाट ती महिला मिडिया इन्फ्लुएन्सर रहेको खुलेको थियो । त्यसपछि आफूमा ध्यान आकर्षित गर्न उनले यस्तो हर्कत गरेको हुनसक्ने अनुमान लगाउँदै सीईओले उनीसँग सम्पर्क गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here