वड़ा अध्यक्ष साहले ५ बर्ष देखि यौन शोसन गरेको पीड़ित महिलाको आरोप
मेवालाल यादव २ भाद्र
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियाका निर्वाचित वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषणको आरोप लगाएका छन !
बिबाहको प्रलोभन दिएर बिगत ५ बर्ष देखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीड़ित महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन ! आइतवार संचारकर्मीहरु संग कुरा गर्दै महतोले कोरोना भाइरसको प्रकोप आउनु भन्दा २ महीना अघि देखि आफु संग प्रेम सम्बन्ध राखेको उल्लेख गरे !
जग्गा बिक्रीको शिलशिलामा गएको बेला अरुबाट मेरो मोबाईल नम्बर लिएर फोन गरेर रिलेशनशिपमा बस्न तथा बिबाह गर्न प्रस्ताव गरेको भन्दै पीड़ित महिलाले २ वर्ष सम्म बीरगंजमा राखेको बताए !
गेनालाल महतोको श्रीमती रहेकि पीड़ित महिलाले लोग्ने संग सम्वन्ध बिगारेर आज बिबाह गरी घरमा राख्न समेत वड़ा अध्यक्ष साहले इन्कार गरिदिएकोले बाटोमा आएको दुखेसो गरे !
दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका साहले बिबाह गरेर आफ्नो घरमा राख्न नमानेकोले न्याय को लागि मिडियाको सहारा लिएको पीड़ितले बताए ! उनले वड़ा अध्यक्ष साहले गरेको यौन सम्पर्कको कारन गर्भमा भएको ३ वटा बच्चा गर्भपतन गराइएको दावी गरिन !
बीरगंजमा राखेर घर खर्च समेत दिदै आएका वड़ा अध्यक्ष साह ले अहिले घरमा राख्न तथा खर्च दिन समेत छाडेको उनले बताए ! न्यायको लागि इलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिदा दबाबमा गाउँका आश महमद समेतका व्यक्तिले मिलापत्र गराएको र सो बमोजिम पनि वड़ा अध्यक्ष साहले कार्य नगरेको भनाइ उनको रहेको छ ! मेरो लोग्नेले पनि छोड़ी दियो र बिबाह गरेका वड़ा अध्यक्ष साहले पद र पवारको दम्भमा बेवास्ता गरेको उनले भने अव न्यायको लागि बाध्य भएर मिडियाको सहारा लिएको छू मिडियाले न्याय दिलाउन मदत गर्छ भने विस्वास रहेको छ !
शारीरिक शोसन, मानसिक यातना , शारीरिक यातना दिने गरेको वड़ा अध्यक्ष साह माथि क़ानूनी कार्यवाही गर्नु को साटो प्रहरीले राजनितिक दवावमा मिलापत्र गरेको पीड़ितले बताए ! वड़ा अध्यक्ष साहले ७ लाखको चेक दिएपनि सो चेक मेरो नाउमा नरहेको त्यों चेक कार्यपालिका सदस्य आश महमद ले नै राखेको बताए ! आफ्नो हक़ अधिकार र न्यायको लागि आवाज उठाऊदा ज्यान मार्ने धमकी दिने गरेको सुनाए ! न्याय नपाए ज्यान दिने समेत पीड़ित महिलाले बताए !
सार्वजानिक पद धारण गरेका वड़ा अध्यक्ष साहको रबैया देखेर गाउका स्थानीयले नकारात्मक टिपण्णी गर्ने गरेका छन !
वड़ा अध्यक्ष साह राजनितिक विषय लिएर केहि विपक्षीले मलाई बदनाम गराउने उदेश्यले झूठो आरोप लगाउन लागेको दावी गरेका छन ! झूठो आरोपको दावी गरिरहेका साहको पीड़ित महिला संग गरेको कुराकानीको ऑडियो रेकर्डले पीड़ित महिला संगको प्रेम सम्बन्धलाइ पुस्टि गरिरहेको छ !
प्रतिक्रिया दिनुहोस्