ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग:सन्दीप र दीपेन्द्र आबद्ध भ्यानकुभर लगातार दोस्रो खेलमा पराजित

Untitled design – 2

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।

शनिबार राति भएको खेलमा  बंगला टाइगर्ससँग भ्यानकुभर २२ रनले पराजित भएको हो। यसअघि पहिलो खेलमा टोरेन्टो नेसनलसँग भ्यानकुभर आठ विकेटले पराजित भएको थियो।

frontline

बंगलाको भने यो पहिलो खेल हो। बंगलाले दिएको १५२ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्रै बनाउन सक्यो। 

भ्यानकुभरका हर्ष ठाकेरले अविजित ७९ रन बनाएपनि हार टार्न सकेनन्। ड्वेन प्रिटोरियस  २९ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। 

दीपेन्द्र एक रनमा आउट हुँदा सन्दीप दुई रनमा अविजित रहे। बंगलाका शकिब अल हहसनले सर्वाधिक तीन विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलाले इफ्तिखार अहमदको अविजित ५० रनको इनिङ्ससँगै सात विकेट गुमाएर १५२ रन बनाएको थियो। 

हजरतुल्लाह जानई ३३, डिलोन हेलिगर २६ र पर्गट सिंह २० रनमा आउट हुँदा गुरपाल सिद्धु १० रनमा अविजित रहे भ्यानकुभरका सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। यसअघिको खेलमा उनले एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here