सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर घर भएर टोखा नगरपालिका–१० मा बस्ने अन्जना राई छन् ।
३६ वर्षीया राईले पीडितसँग ३ लाख ३६ हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । आरोपीलाई टोखास्थित सिंगापुर कोलोनीबाट पक्राउ गरेर कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए । दुई जनाबाट रकम लिएर उनी सम्पर्क बिहिन भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्