कटारी नगरपालिले ३० शय्याको आइसोलेसन तयार गर्दै

नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालसहितलाई कोरोना संक्रमण देखिएपछि उदयपुरको कटारी नगरपालिका धमाधम कोभिड अस्पताल निर्माणमा जुटेको छ ।

कटारीमा कोभिड– १९ को संक्रमण बढ्न थालेपछि तत्कालीन नेपाली सेनाको ब्यारेक रहेको स्थानमा नगरपालिकाले ३० शय्याको आइसोलेसन सहितको कोभिड अस्पताल बनाउन थालिएको हो ।

frontline

ताराधारीमा रहेको सेनाको गुल्म बेलस्रोतमा सरेपछि सेनाले बनाएको भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण गरेको थियो । अहिले त्यसैलाई मर्मत गरेर आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए । ‘

फूलपातीको दिनबाट ३० शय्याको सुविधा सम्पन्न आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

केही दिनयता कटारी नगरमा कोरोना संक्रमणको संख्या बढीरहेका छन् । व्यवस्थित आइसोलेसन नहुँदा संक्रमित घरमै होम आइसोलेस छन् भने कोही छिमेकी सिन्धुलीको दूधौली नगरपालिकाको आइसोलेसन बसेर उपचार गराइरहेका छन् ।

करिब २२ लाख रुपैयाँको लागतमा आइसोलेसन निर्माण गरिएको सूचना अधिकारी मिश्रले बताए ।

आइसोलेसनमा कटारी अस्पतालका डाक्टरहरूले चिकित्सकीय सुविधा दिनेछन् । उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६६ महिलासहित २०८ पुगिसकेको छ ।

त्यसैगरी उदयपुर कोभिड– १९ अस्पताल सातधारे बेल्टारमा उपचाररत जिल्ला समन्वय समितिका उदयपुर प्रमुख खड्गबहादुर परियार, बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापासहित १६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here