नेपाल टेलिकमको सिम कार्ड मंगलबार राति रिचार्ज नहुने
नेपाल टेलिकमको सिम कार्ड मंगलबार राति रिचार्ज नहुने भएको छ।
बिलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरू प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ।
राति सात घण्टा सेवा बन्द हुने भएकाले मंगलबार राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ।
तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्