काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित
काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ। शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ। नदी छेउका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको छ।
ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन्।
मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ। वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ।
यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन्।
प्रतिक्रिया दिनुहोस्