बानेश्वरमा बैठक बस्न पाँच दलका नेता

श्रोत : ईन्टरनेट

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धन पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन्।

बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक छ।

frontline

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेता बानेश्वर पुगिसकेका छन्।

स्रोतकाअनुसार अहिले यी दलका शीर्ष नेता छलफलमा जुटेका छन्। विपक्षी गठबन्धनको समान धारणा बनाएर जानेबारे उनीहरूले छलफल थालेका हुन्।

यसअघि कांग्रेस पदाधिकारी बैठकले अरू दलसँग छलफल गरेर आवश्यक रणनीति तय गर्ने निर्णय गरेको थियो।

उनीहरूले शुक्रबार सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन पेश गरेका १४९ जनाको हस्ताक्षरसहित अदालत जाने तयारी गरिरहेका छन्।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस्

poster-here