टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन

श्रोत : ईन्टरनेट

काठमाडौं ।  टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । तर केहीदिन अघि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

frontline

५३ वर्षीय खड्काका २ छोरा र १ छोरी छन् । उनी टाइगर ब्रुअरीसहित प्राइम कमर्सियल बैंकलगायत अन्य संघ संस्थामा आवद्ध थिए ।खड्काकी श्रीमतीको पनि केही दिनअघि कोरोनाकै कारण उपचारकै क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here