राप्रपा नेपालको प्रदर्शनमा लाठीचार्ज, प्रहरीसँग ठेलमठेल

राप्रपा नेपालले विभिन्न मागसहित गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो । सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो । तर, र्‍याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो ।

प्रहरीले लाठीचार्ज गर्ने क्रममा दुई पक्षबीच ठेलमठेल भएको छ । अहिले त्यस क्षेत्रको अवस्था अस्तव्यस्त छ ।

frontline

हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा दबाबमूलक कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here