आशा लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Exif_JPEG_420

मेवालाल यादव 

frontline

रौतहट चैत -१ 

आशा लघुवित्त वित्तीय संस्था लि.को आयोजनामा आफ्ना लघु कर्जाका ग्राहकहरुलाई वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ ।

Exif_JPEG_420

वित्तीय साक्षरताको परिचय, आम्दानी, खर्चको पहिचान, बचत नै सम्पन्नताको आधार, ऋण र यसको प्रयोग, ग्राहकहरुमाथि हुने शोषण, पारिवारिक बजेट तथा व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरुको विषयमा तालिम दिईएको छ ।

Exif_JPEG_420

रौतहट जिल्लाको बौधिमाइ नगरपालिका -५ कोपवामा आशा लघुवित्त वित्तीय संस्था लि. द्वारा वित्तीय साक्षरता तालीम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बौधिमाइ नगरपालिका , परोहा नगरपालिका , राजपुर नगरपालिका , इशनाथ नगरपालिका , मौलापुर नगरपालिका लगायत  करिव ३० जनालाई मोहरलाल पटेलले  प्रशिक्षण दिईएको थियो ।

Exif_JPEG_420

 उक्त कार्यक्रममा  प्रमुख अतिथि बौधिमाइ नगरपालिकाकि  उपप्रमुख    प्रमिला जयसवाल , बिशिस्ट अतिथि  वडा अध्यक्ष लक्ष्मीनायण यादव ,संस्थाको सन्चालक मिथलेश यादव , सुरक्षाकर्मी , पत्रकार , महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here