नेपाल फाइनलमा पिएनजीसँग पराजित
हङकङमा जारी त्रिकोणात्मक टी २० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी ९पिएनजी० सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो ।
रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।
पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २(२ विकेट लिए । अलि नाओले १ विकेट लिए ।
पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।
ओपनर उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोडे । उनी १४ औं ओभरमा कुशल भुर्तेलको बलमा आउट भएका थिए । तल्लोक्रममा नाओले १० बलमा नटआउट ३० रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्