सिम्ताले २९ गते चौमासिक सार्वजनिक सुनुवाई गर्दै

सुर्खेतको सिम्ता गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै २९ गते सार्वजनिक सुनुवाई गरिने जनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरिन लागेको प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।




उक्त कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थितीको लागि आमन्त्रण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभाहलमा २९ गते दिउँसो ११ बजेदेखि कार्यक्रम सञ्चानल गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्