स्कार्पिओ र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

श्रोत : ईन्टरनेट

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ जयचोक जंगलमा बुधबार राति दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

frontline

पूर्वबाट पश्चिम जाँदै गरेको मे१प १८५१ नम्बरको स्कार्पिओ र पूर्व जाँदै गरेको ना२ख ९४७३ नम्बरको ट्रक दुर्घटना भएको। 

दुर्घटनामा तीन जना घाइते छन्। घाइते हुनेमा झापाका ३३ वर्षीय विकास उप्रेती, ४५ वर्षीया विनिता पौडेल र २५ वर्षीय रोशन उप्रेती छन्। 

उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। मृतक र घाइते सबै स्कार्पिओमा सवार थिए। 

बुधबार राति १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

poster-here