चाँगुनारायण नगरपालिकामा मेयर उद्यमशिलता कार्यक्रम शुरु

भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाले नगरपालिकामा स्थायी रुपले बसोबास गर्ने बेरोजगार नागरिक, कोरोनाका कारण रोजगारी गुमाई स्वदेश फर्किएका व्यक्तिहरु, युवा, महिला दलित तथा विपन्न वर्गका व्यक्तिहरुलाई लक्षित गरि मेयर उद्यमशिलता विकास कार्यक्रम २०७७ लागु गरेको छ ।

नगरपालिकाको सातौँ नगरसभाबाट स्वीकृत सो कार्यक्रममा सहभागि भई उद्यमशिलता तर्फ अग्रसर हुन नगरपालिकाले हालै एक सुचना जारी गरेको छ । नगरपालिकाको वेबसाइटमा उपलब्ध निवेदन फारम भरि आगामी मंसिर ७ गतेभित्र नगरपालिकामा बुझाउन अपिल गरिएको छ ।

frontline

चाँगुनारायण नगरपालिकाले नगरपालिकाभित्र बेरोजगार भइ आयआर्जनको अभावमा रहेका सबै नागरिकलाई स्वरोजगार र उद्यमशिलता तर्फ अघि बढाउन यो महत्वपुर्ण कार्यक्रमको थालनी गरेको नगरप्रमुख सोम मिश्रले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline

फ्रन्टलाइन चाँगु

poster-here