सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रक्षामन्त्री रुष्ट
सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताए ।
‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्पेषण गरेर मात्र विकास हुने होइन जस्तो लाग्दछ ।’ तर, आफूले सरकारी निकायमा समस्या नरहेको भनी जिकिर नगरेको पनि उनले बताए ।
‘…सरकार सेना र अदालतमा कुनै पनि समस्या नै छेन भन्ने मेरो जिकिर पनि होइन । तर, यी संस्थाहरु हामी सबै नागरिका साझा सम्पति हुन्’ रक्षामन्त्री खड्काले भने, ‘सरकारी निकायमा रहेका कमिकजोरी सुधार्न नागरिकका रचनात्मक भूमिका जरुरी पनि हुछ । यसका विषयमा सरकार सचेत छ ।’
प्रतिक्रिया दिनुहोस्