धरानमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा भण्डारमा रोक

धरान उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ विक्रि वितरण तथा भण्डारमा रोक लगाउने भएको छ । उपमहानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता वस्तुमा विक्रि तथा प्रयोगमा रोक लगाएको शुक्रबार एक सूचना जारी गर्दै जनाएको छ ।

उपमहानगरको कार्यपालिकाको वैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा सुर्ती, चुरोट, विँडी, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा पदार्थ प्रयोृगमा रोक लगाउन लागेको सो सूचनामा उल्लेख छ । 

frontline

नगर क्षेत्रमा १५ दिनभित्रमा सार्वजनिक स्थलमा सुर्ती तथा सुर्तीजन्य पदार्थ पूर्ण रुपमा प्रतिबन्ध लगाइने धरान उपमहानगरपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here