निषेधाज्ञाले रोकेन ऋण

एनआइसीले १० महिनामा बढाएको ऋणभन्दा कम पोर्टफोलियो चार बैंकको

काठमाडौं। वैशाख लागेपछि केही बैंकको ऋण घटेको छ भने केहीको वृद्धि दुई अर्बभन्दा कम छ। तर तीन बैंकले वैशाखमा राम्रै ब्यापार बढाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार, एनआइसी एसिया, ग्लोबल आइएमइ र सानिमा बैंकले ब्यापारमा राम्रै सुधार गरेका छन्। सरकारले वैशाखको १६ गतेबाट निषेधाज्ञा गरेको छ। अहिले देशभरका ७४ जिल्लामा निषेधाज्ञा छ।

frontline

एनआइसी एसियाले ६ अर्ब ९२ करोड रुपैयाँले ऋण बढाएको छ। वैशाख मसान्तमा बैकको ऋण २ खर्ब ६६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

सानिमा बैंकले चार अर्ब १ करोड रुपैयाँ बढाएर एक खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ पुर्‍याएको छ। ग्लोबल आइएमइ बैंकले ३ अर्ब ८१ करोडले बढाएर २ खर्ब ३९ अर्ब ३५ करोड पुर्‍याएको छ।

बैंक अफ काठमाण्डू (बीओके), नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, नेपाल एसबीआइ बैंक, मेगा बैंक र नबिल बैंकको घटेको छ। यो एक महिनाको तथ्यांक हो। 

चालु आर्थिक बर्षमा सर्वाधिक ऋण एनआइसी एसियाले बढाएको छ। बैंकले कुल ९३ अर्ब १७ करोड रुपैयाँ बढाएको छ। यो १० महिनाको वृद्धि हो।

एनआइसीले १० महिनामा बढाएको ऋणभन्दा कम पोर्टफोलियो चार बैंकको छ। स्थापनादेखि अहिलेसम्म सेञ्चुरीको कुल ऋण ७८ अर्ब ३५ करोड, सिभिलको ८३ अर्ब २२ करोड, नेपाल बैंकगलादेश बैंकको ६९ अर्ब १३ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६४ अर्ब ७२ करोड रुपैयाँ छ। एनसीसीको ९३ अर्ब ४८ करोड रुपैयाँ छ।

बैशाखमा २७ मध्ये १२ बैंकको निक्षेप घटेको छ। कृषि विकास बैंक, सेञ्चुरी, सिटिजन्स, एभरेष्ट, ग्लोबल आइएमइ, माछापुच्छ्रे, मेगा, एनसीसी, एनएमबि, प्रभु, प्राइम र सिद्धार्थ बैंकको घटेको छ।  

ऋणजस्तै निक्षेपमा पनि एनआइसी एसिया अगाडि छ। बैंकले ८ अर्ब ७४ करोड रुपैयाँले बढाएर ३ खर्ब ४ अर्ब ३५ करोड पुर्‍याएको छ। एनआइसीपछि कुमारी बैंकले ६ अर्ब ४८ करोड र नेपाल बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ।

एनआइसीले चालु आर्थिक बर्षको वैशाखसम्म ९३ अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ। एनआइसीले १० महिनामा संकलन गरेको निक्षेपभन्दा अझै पनि चार बैंकको कुल निक्षेप कम छ। सेञ्चुरीको ८६ अर्ब १९ करोड, सिभिलको ८८ अर्ब २६ करोड, नेपाल बंगलादेश बैंकको ७९ अर्ब ५७ करोड र चार्टर्डको ८५ अर्ब ५३ करोड रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here