एमाले कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौं। नेकपा एमालेभित्रको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।

frontline

२०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी पाएको कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका समस्या सुल्झाउँदै जानेछन् ।

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाएका थिए ।त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ । कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य रहेका छन् ।

कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी छोडेर आउनेहरुलाई ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here