अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक


रौतहट १८ कार्तिक
नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र निराधार भएको बताएका छन !
मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालयले सस्थाको विधान विपरीत कार्य गरेको भनी सुचना सार्वजानिक गरेपछि तत्कालीन मची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेश अध्यक्ष रहेकि तिमल्सिनाले शनिवार गौरमा पत्रकार सम्मलेन गरी आफ्नो प्रतिक्रया दिएको छ !
सार्वजानिक गरिएको सुचना अनुसार आफुले कार्य नगरेको दावी गर्दै तिमल्सिनाले रौतहट जिल्लाको अध्यक्ष र कोषाध्यक्षले गरेको कार्यको आरोप सडयंत्र पूर्वक लगाइएको बताए ! २०७७ साल देखि सस्थाको हितमाँ काम गरेको र सस्थाले कार्यक्रम सञ्चालनको लागि एक रुपैया समेत सहयोग नगरी अहिले आर्थिक अनियमिता गरेको भनी लगाएको आरोप गलत रहेको दावी गरे !
सस्थाको तत्कालीन अध्यक्ष अमेरिका रहदै आएकी यमु शर्मा सुब्बाले भने अनुसारको कार्य गरेको ,स्थानीय तहको स्वीकृतिमाँ चिसोमाँ गरीव ,दलित विपन्न तथा अपांग हरुलाई न्यानो कपड़ा वितरण गरेकोमा वड़ा कार्यालयले रकम भुक्तानीको लागि नगरपालिकामाँ सिफारिश गरेपनि अहिले सम्म कुनै पनि भुक्तानी नभएकोले आर्थिक अनियमितता कसरी गरेको भनी केंद्रीय अध्यक्ष समक्ष प्रश्न गरे !
सस्थाको विधान अनुसार अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षरमा खता सञ्चालन भएकोमा खरीद गरिएको सामग्री वपत पसालवालालाइ चेक दिइएकोमा मानसिक यातना दिने उदेश्यले केंद्रीय अध्यक्ष चन्द्रकला काफ्लेले मेरो निजी चेक लिएको बताए !
समूहमाँ झापा बाट १० देखि १५ जनाको आएकी काफ्लेले घर बाट अपहरण शैलीमा मलाई नगरपालिकामाँ लगेर उपप्रमुखको रोहावरमा २३ लाख ५० हजार बरावरको निजी चेकमा कारकाप गरी हस्ताक्षर गराई लागेको आरोप लगाए ! उहाले भने मैले दर्ता गराएको विधुतीय कारोबार सम्वन्धी कसूर मुद्दामाँ पीड़क संग मिलेर मुद्दा प्रभावित बनाउने उदेश्य लिएर यस्तो कार्य गरेको हो !
आफ्नो निजी स्रोत बाट मेची महाकाली बुहारी संयुक्त आवाजको नामबाट महिला सेफ हाउस सञ्चालन गरेको बताउँदै आजीवन सदस्य बापत संकलन भएको ५० हजार रुपैया घर भाड़ा वपत घरबेटीलाइ भुक्तानी दिएको कुरा पूर्व केंद्रीय अध्यक्ष तथा अहिलेको अध्यक्ष समेतलाइ जानकारी रहेको बताए !
सस्थाको कारोबार गर्ने बेला रौतहट आउदा आफ्नो घरमा मासु भात खुवाएको व्यक्ति आज विषालु सर्फ भएर मलाई नै डंक मरेको टिपण्णी समेत गरे ! कोषाध्यक्षको रुपमा सस्थाको चकमा सही गरेकी उषा खनाललाइ जोगाएर म माथि नै अन्याय गरेको गुनासो समेत गरे !
महिला तथा बाल बालिकाको अधिकारको लागि आवाज उठाउने सस्था निजी फायदाको लागि पीड़क संग मिलेर पीड़ामाँ परेको महिला माथि थप पीड़ा दिने कार्य गर्ने गरेको छ ! सामाजिक संजालबाट अश्लील तस्वीर पठाउने ,बच्च अपहरण गर्ने ,चरित्र ह्त्या गर्ने ,लिएको रकम पचाउने कार्य गर्ने माथि दिएको मुद्दा लाइ प्रभावित बनाऊंन सस्थाका महिलाहरु आफुलाई मानसिक तनाव दिने गरेको तिमिल्सिनाको आरोप रहेको छ !
सस्थाको केंद्रीय अध्यक्ष काफ्लेले आफ्नो निजी खातामा पैसा ६ लाख पठाउ भनी पटक पटक फोन गरी दवाव दिने गरेकोमा त्यस्तो कार्य नगर पछि यस्तो आरोप लगाइएको तिमल्सिनाले बताए ! चन्द्रपुर वड़ा नम्बर १ का वड़ा अध्यक्षले कम्बल वितरणको लागि रकम दिने समझौता गरेर पनि अहिले सम्म सस्थालाइ एक रुपैया पनि नदिएको बताए !
कार्तिक २२ गते जिल्ला अदालतमा साक्षी बकपत्र रहेकोमा अदालतमा हाजिर हुन नदिन विभिन्न किसिमको धक् धमकी दिने गरेकोले म तथा मेरो घरपरिवारका व्यक्ति असुरक्षित अवस्थामा रहेकोले सुरक्षाको व्यवस्था मिलाई दिन स्थानीय प्रहरी प्रसाशन संग आग्रह गरेकी छीन !

प्रतिक्रिया दिनुहोस्

poster-here