कार्यवाहक मेयर खातुनले आफ्नो अनुकूल हाकीम हाजिर गराउन खोजदा वडाअध्यक्षद्वारा बिरोध
रौतहट, १२ कार्तिक ।। राैतहट जिल्लाको उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बया खातुन आफ्नो अनुकूल हाकीम हाजिर गराउन खोजदा नगरपालिका विवादित बनेका छन् । अहिले आउन लागेका उप सचिव सुरेन्द्र प्रधान यस अघि पनी याहा काम गरेको छ । प्रधान रहेको बखत विभिन्न भ्रष्टाचारी गतिविधि गरेको भन्दै वडा नं १ देखी वडा नं ११ सम्मका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले यो हाकीम लाई हाजिर नगराउन भन्दै बिरोध गरेका छन् ।
वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु एका तर्फ र अहिलेका कार्यवाहक मेयर खातुन एक्लै अर्को तर्फ रहेको छ ।मेयर निलंबन भएको मौकाको फाईदा उठाउन कार्यवाहक मेयर आफ्नो अनुकूलको हाकीम हाजिर गराई मनोमानी गर्न खोजिरहेको आरोप लगाएका छन् ।
कार्यवाहक मेयरका कारण लथालिङग बनेका पालिकाका कर्मचारीको तलव, वृद्ध वृद्धाका भता, पोषण भता समेत वितरण हुन सकेको छैन । साथै आम नागरिकको दैनिक सेवा समेत प्रभावित भएको वडा अध्यक्षहरुको भनाई रहेको छ । तर कार्यवाहक मेयर यस प्रति गौर जिमेवार दिखीएको बताए ।
नेपाल सरकारको नियम अनुसार अषाढ १० गते निति तथा बजेट कार्यक्रम ल्याउने हुदा पनी अहिले सम्म यो पालिकाले नगर सभा गरी बजेट समेत प्रस्तुत गर्न सकेका छैन । प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने नियम हुदाहुदै पनी लगभग २ ३ महिना देखि अहिले सम्म एउटा पनि बैठक नबसेको बताए ।
उता कार्यवाहक मेयर संग सोध्दा कुनै पनि हालतमा यसै हाकीम लाई हाजिर नगराउन भन्दै आफ्नो अडान राखेको छ । यो हाकीम लाई हाजिर गराई कर्मचारीको तलब भता, वृद्ध भता, पोषण जस्ता भता सहित कामकाज गर्न गराउन भनेका छन् ।
जनता संग बुझदा कार्यवाहक मेयरको नियतमा खोट रहेको बताए । कर्मचारी, वृद्ध लगायतका चिन्ता भएको भए अहिले रहेको नि. हाकीम बाटै वितरण गरे हुन्थयो यो नाटक नैटंकी गर्न आवश्यक के थियो भने आम जनको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्