पुर्वनगर प्रमुख यादवले बौद्धिमाईको इनर्वा र बंकुलमा फिता काटेर पूजाको उदघाटन गर्नु भयो।

Exif_JPEG_420

मेवालाल यादव 

frontline

कार्तिक ४ गते रौतहट 

बौद्धिमाईको इनर्वा र बंकुलमा दुर्गा पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा उदघाटन कार्यक्रम समपन्न भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका वडा नं. २ इनर्वा तथा सो पालिकाको वडा -७ बंकुलमा भइरहेको दुर्गापूजाको अवसरमा बौद्धिमाई नगरपालिकाको पुर्व नगर प्रमुख राजिव रन्जन यादवले एक कार्यक्रम बिच आज फिता काटेर पूजाको उदघाटन गर्नुभएको छ।

Exif_JPEG_420

वडा नं.७ को वड़ाअध्यक्ष नरेन्द्र कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व नगर प्रमुख राजिव रन्जन यादवले  वडा नं.२,७ र ८ को सम्पूर्ण जनता जनार्दनमा हिन्दुहरूको महान पर्व बिजयादशमी,शुभदीपावली तथा आस्थाको पर्व छठ पर्वको शुभकामना दिदै सम्पूर्ण जन समुदायको सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।दुर्गा पूजाको आज परेको सातौ दिन फुलपाती अर्थात दुर्गा भवानीको मुख खोल्ने दिनको अवसरमा पुर्व नगर प्रमुख राजिव रन्जन यादवले एक कार्यक्रम गरी दुर्गा भवानीले जनताको सबै दुःख, कष्ट र पीड़ाहरु हरुन र दुर्गा भवानीको पूजा गर्दै प्रार्थना गर्नुभएको छ।आफ्ना जनता जनार्दनको सुख दुःख तथा सामाजिक सेवामा हरदम समर्पित पुर्व नगर प्रमुख राजिव रन्जन यादवले  बिगतको बर्ष पनि इनर्वा , बंकुल , सरमुज्वा, इनरवारीमा भएको दुर्गापूजालाई उदघाटन गर्दै आर्थिक सहयोग समेत गरेका थिए।

Exif_JPEG_420

पुर्व नगर प्रमुख राजिव रन्जन यादवले  गरेका यी सराहनीय कार्याहरुले गर्दा स्थानीय गाउँ बासी खुशी ब्यक्त गर्दै आफूहरुले खोजेको जस्तो पुर्व नगर प्रमुख यादव हुन भन्ने प्रसंशा समेत गरेका छन। सम्पन्न कार्यक्रममा  जसपा नेपालको केन्द्रिय सदस्य बिवेक यादव ,समाजसेवी तथा वडा अध्यक्ष प्रत्याशी  सिकेन्द्र यादव, पुर्व वडा अध्यक्ष हिर्देनारायण यादव  , ओम यादव , प्रमोद यादव , राजकुमार पटेल , स्थानीय बुद्धिजीवी, राजनीतिक कार्यकर्ता, सुरक्षाकर्मी,संचारकर्मी लगायत सैकड़ौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here