आयआर्जनमा जोड्न अलैँची प्रवर्द्धन कार्यक्रम
महाशिला गाउँपालिकाले अलैँची प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा अलैँची उत्पादनको सम्भावना रहेको र उत्पादनमा वृद्धि गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाको अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा सो कार्यक्रमको लागि गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका कृषि अधिकृत सन्तोष धितालले पालिकाभित्र अलैँची खेती बढाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । गाउँपालिकाको वडा नम्बर २ र ५ मा अलैँची खेती हुँदै आएको उनले पालिकाखबरलाई बताए ।
गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक जनक भुषालका अनुसार गाउँपालिकाभित्र १० जनाले व्यक्तिगत रुपमा र केहीले समूहगत रुपमा अलैँची खेती गर्दै आएका छन् । गाउँपालिकामा उत्पादित अलैँची समूह तथा सहकारीमार्फत बजारमा बेच्न लैजान उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्