एमालेको विवाद सुल्झाउन १० सदस्यीय कार्यदल गठन

फ्रन्टलाइन राजनीति । सत्तारुढ दल नेकपा एमालेले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटमा विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा अध्यक्ष ओली र नेपाल समूहबाट पाँच–पाँच जना सदस्यलाई राखिएको छ ।

frontline

बैठकपछि जानकारी दिँदै नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाइएको बताउनुभयो । अध्यक्ष ओलीका तर्फबाट कार्यदलको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्नुहुनेछ भने नेपाल समूहको नेतृत्व भीमबहादुर रावलले गर्ने बताइएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनेछन् । खनाल–नेपाल समूहबाट भने रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

यसअघि गत बिहीबार चपली हाइटमा भएको छलफलमा अध्यक्ष ओली र नेपालबीच विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here