सन्दीप गीरीले लेखेको कविता (विभाजन) सार्वजनिक

रचना : संदिप गिरि (कानुन अध्ययनरत बिद्यार्थी )

असहमति त अब
निर्लज्जताले मात्र प्रस्तुत गर्नुपर्ने शेष बाकी छ

frontline

अनि प्रतिरोध केवल उपेक्षिताले

कति धेरै विभाजन प्रतीक्षा मा छ

महिला महिला सँगको विभाजन

बलात्कार बलात्कार मै फरकफरक वर्गलाई फरकफरक तराजुमा तौलेको विभाजन

शिक्षा शिक्षामै स्तर र गुणस्तरको विभाजन

अधिकार वन्चितहरुलाई अधिकारिक संघर्षमै संघर्षको फरकफरक भारी सहनुपर्ने स्थितको विभाजन

अत्याचारिलाई अत्याचारमै फरकफरक अत्याचारको विभाजन

भ्रष्टाचारीहरुलाई भ्रस्टाचार मै ग्रेड ग्रेडको विभाजन

एकरुपता र समाजवादको नारामा नारासहितको फरकफरक पार्टी र विचारधाराको विभाजन

देशलाई देशमा नै पहिलो दोस्रो र तेस्रो दर्जाको नागरिकको विभाजन

मानव मानव मै जातजातको , साथसाथको र हातहातको विभाजन

संकीर्णता यसरी बढेको छ कि अब सारा सामुहिक निर्णयहरु संदेहास्पद लाग्नथालेको छ

अब पीठमा या कंधामा कोही हाथ राख्दा पनि
मेरो हात मात्र मेरो आफ्नो साथ हुने जस्तो लाग्छ
बाकी यो मित्रता शत्रुता प्रेम विश्वास आदि सब भ्रम नै लाग्ने ।

बरु यो जतिबेला पनि गायब हुने मानिसको भर नै लाग्दैन !

समानता एकरुपता र समाजवादको सपना देखाएर
भित्रीभित्री द्वेष एवम् विभाजनको बिउँ छर्ने र फरकफरक निजि हैसियतको लागि अनेक षड्यन्त्र खेल्ने यो मानिसहरुको भर नै लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

poster-here