लेखा प्रमुख मोहन यादव भए झुठो आरोपको सिकार

रौतहटको सदरमुकाम गौरमा रहेको गौरीशंकर यादव रौतहट क्याम्पस गौरमा संचालित परिक्षामा लेखा प्रमुख मोहन यादवले परिक्षालाई व्यवस्थित बनाउन खोज्दा उनी माथी उजुरी परेका थिए ।

frontline

जनज्योति क्याम्पस चन्द्रपुरका छात्रछात्राहरुले परीक्षा हलमा हुहल्ला गर्दै अनावश्यक रुपमा मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा लेखा प्रमुख यादवले उक्त कार्य नगर्न आग्रह गर्दा उनीहरु उल्टै यादव माथी अभद्र गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीको आधार लेखा प्रमुख यादव संग सत्य तथ्य बुझ्न जिल्ला प्रहरी कार्यालय गौरमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here