नेपाल स्वयंसेवक संघ मधेश प्रदेशको आर्थिक संयोजकमा एमडी सनम ।

रौतहट
नेपाल स्वयंसेवक संघ मधेश प्रदेशको आर्थिक संयोजकको जिम्मेवारी रौतहटको एमडी सनमले पाएका छन् ।
नेपाल स्वयंसेवक संघको केन्द्रीय कार्यालय काठमाण्डुले सोमवार संघको मधेश प्रदेशको आर्थिक संयोजकमा गढिमाई नगरपालिकाको बरियारपुर घर भएका समाजसेवी सनमलाई मनोनित गरेको हो ।
त्यस्तै संघको मधेश प्रदेश प्रचार प्रसार संयोजकको जिम्मेवारी रौतहटका समाजसेवी प्रशान्त कुमार कर्णलाई दिइएको छ ।
नेपाल स्वयंसेवक संघ मधेश प्रदेशको आर्थिक संयोजकको जिम्मेवारी पाएका एमडी सनमले पत्रकारहरुसंग कुरा गर्दै भने, ‘मैले पाएको जिम्मेवारी इमान्दारिपूर्वक निर्वाह गर्नेछु ।’
संघले दिएको जिम्मेवारी कसैको दबाव वा कुनै प्रभावमा नपरी लग्नशील भई काम गर्ने उनले प्रतिबद्धता जनाएका हुन ।
संघको प्रदेशकै आर्थिक संयोजक जस्तो गरिमामय पद एवं सबभन्दा ठुलो पदको जिम्मेवारी आफनो काँधमा आएको बताउँदै संयोजक सनमले आफुले संघको लागि रातदिन भएपनि काम गर्न तयार रहेको बताए ।
यस संघको उद्देश्य अनुसार बालबालिका तथा युवा वर्गलाई नेपाल स्वयंसेवक संघको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने, दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्वयंसेवकलाई परिचालन गर्ने, गराउने, सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने, समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने लगाएतका कार्य पुरा गर्न आफुले कुनै कसर बाँकी नराख्ने संयोजक सनमले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

poster-here