रौतामाईका व्यवसायीलाई अनुदान नै अनुदान

रौतामाई गाउँपालिकाले कृषि अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुरुप कृषि क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार चालू आवको स्वीकृत वार्षिक कार्यक्रमअनुसार साना व्यावसायिक कृषकहरुलाई बाख्रा र बंगुरको खोर सुधारमा ७५ प्रतिशत, पशुपंक्षीको स्थानीयस्तरमा दाना बनाउने मेशिन खरिद ढुवानी तथा वितरण कार्यक्रममा ७५ प्रतिशत, भेडा पालन तथा प्रवद्र्धन कार्यक्रममा ७५ प्रतिशत, स्थानीय कुखुरा कालिज पालन तथा प्रवर्द्धन कार्यक्रममा ७५ प्रतिशत अनुदान दिन लागेको हो । 

frontline

कार्यक्रमको लागि गाउँपालिकाले करिब ७ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकााका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले बताए । कार्यक्रममा सहभागी हुन चाहने कृषकले पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुरुप आवेदन दिन सक्ने उनले जनाएका छन् । 

इच्छुक कृषकले असोज मसान्तभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here