नेपाल महिला संघ रौतहटको आयोजनामा तीजको शुभकामना आदान प्रदान कार्यक्रम संपन्न

Exif_JPEG_420

मेवालाल यादव

frontline

नेपाल महिला संघको जिल्ला कार्य् समिति रौतहटको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सनिवार रामजानकी धर्मसलाको सभाहल गौरमा संपन्न भएको छ । नेपाली काङ्ग्रेसका मेयर प्रत्याशी नेत्री अन्जु झाको अध्यक्षतामा आज मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले हिन्दु परम्परा अनुसार उद्घाटन गर्नु भएको छ ।
हिन्दू महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका महिलाहरुले एक अर्का संग शुभकामना आदान प्रदान गरेका छन। नाच्दै गाउदै एक अर्का सित गाला मिलाएर ख़ुशी सटासाट गर्दै तीज पर्व हर्सोल्लासका साथ मनाऊँन जिल्ला सभापति तथा सभा सदस्य ( बिधायक ) जितेन्द्र यादवले आग्रह समेत गरेका हुन ।

मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले हरी तालिका तीज पर्व विबाहित महिलाहरुको लागि कठिन परीक्षाको रुपमा रहेको बताएका छन् । पति ,परिवार र संतानको सुख शांति सुस्वास्थ्य दीर्घयु को कामना गर्दै तीज पर्व मनाउने गरेको उल्लेख गरे ।नेपाली काङ्ग्रेसका नेत्री अन्जु झाको पहलमा यो कार्यक्रमबाट सब भन्दा बढी महिलाहरुको उपस्थिति देखेर खुशी लाग्यो ।स्थानीय चुनावको बेलामा प्रदेश भरिमा मात्र २ वटा महिला मेयर पदको टिकट लिएर लडनु भयो तर एक महिलाले जित्यो र अन्जु झाले हारे।आउदो चुनावमा ५१ प्रतिशत महिलाको समावेशी राखेर टिकट दिने मधेस प्रदेशका सभापति तथा भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले प्रतिबद्धता जनाएका छन ।
बिधायक नागेन्द्र साहले विबाहित महिलाले पतिको लामो उमेरको कामना तथा संतानको जीवनको रक्षा र जीवन भरी सुहागन रहने कामना गर्दै भगवन शिवको उपासना गर्ने पर्व तीज रहेकोले सवै दीदी बहिनीले राम्रो संग शांतिपूर्वक पर्व मनाउनु पर्ने बताए ।

महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।

सो कार्यक्रममा मधवनारायण नगरपालिकाका नगर प्रमुख बैजु प्रसाद यादव , प्रचारप्रसारका प्रमुख नितेश गुप्ता ,बिधायक प्रत्याशी रामचन्द्र गीरी , प्रेस मंचका अध्यक्ष किशोरी यादव , कार्यक्रम संचालक नेकमह्मद हुसेन लगायतका सयौ महिला हरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

poster-here