जसपाद्वारा मधेस प्रदेशको ८वटा जिल्लामा वृहत विस्तारीत बैठक आइतबार हुने।
मेवालाल यादव
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटको आयोजनामा जिल्लाको वृहत विस्तारीत बैठक सम्बन्धि पार्टी कार्यालयमा आज छलफल गर्नु भएको छ ।जनता समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता पदाधिकारी बैठक सम्पन्न भएको छ ।
गौरको” कर्मचारी मिलन केन्द्र ” मा उपस्थिति हुनका लागि ।जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठकबाट रौतहट जिल्ला लगायत मधेस प्रदेशको ८ वटा जिल्लामा वृहत विस्तारीत बैठक २०८०-५-१७ गते निर्णय गरेका छन् ।
रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबशिष्ट यादवलाई सर्लाही जिल्लाको इंचार्जको थप जिमेवारी पाएकोमा वहालाई जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारीद्वारा अबीर,माला, गमछाबाट स्वागत गरी बिदाई गरेका छन् । साथै सो विस्तारीत बैठकबाट संगठन विभाग सद्स्यमा अनवर हासमी, दलित संगठनको सदस्यमा पुनीत राम र प्रचार प्रसार संगठनको सदस्यमामा राजकुमार दासलाई जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारीद्वारा थप जिम्मेवारी दिएकोमा टिकामाला लगाई स्वागत गरेका छन् । सो बैठक कार्यक्रममा प्रदेश सांसद सोभा साह, प्रदेश सदस्य अनिल कुमार यादव, प्रदेश सचिव पुनीत राम, गुजारा नगरपालिकाका प्रमुख संतलाल चौधरी, संघीय परिषद सदस्य धीरेन्द्र यादव, जिला उपाध्यक्ष अमृत चौधरी समेतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्