आरती साहकाे न्यायकाे माग गर्दे नेपाल स्वयंसेवक संघद्वारा सिडियोलाई ज्ञापन पत्र

मेवालाल यादव

frontline

१ भाद्र, राैतहट । जनकपुरकी आरती साहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको आज ६४ औं दिन पुग्दा समेत सरकारले व्यवस्था गरेकाे भन्दै नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले राैतहटका प्रमुख जिल्ला अधिकारी (सिडियाे) लाई ज्ञापन पत्र बुझाएको छ।

सरकारले कुनै सुनुवाइ नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीड़ित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरी द्वारा गरिएको ज्यादती, शोषण, दमन प्रति स्वयंसेवक संघकाे ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ। “न्याय पाउने आशा हराउँदै गएपछि आफ्नो जीवनको प्रवाह नगरी न्यायको
लागि धरनामा बसेका आरतीका बुबा बिनोदप्रसाद, आमा निर्मला देवी, भाइ प्रेम, बहिनी मनीषा, मामा सन्तोषकुमार, आफन्त र समर्थकले सोमबार प्रदर्शन गर्ने क्रममा सिंहदरबारको दुई नम्बर गेट पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । महिला प्रहरी हुदा हुदै आन्दोलनरत महिलालाई पुरुष प्रहरीले शरीरका संबेदनशील अंगमा हात हालेको घटना सामाजिक संजालमा व्यापक रुपमा चर्चामा आएको देखिदा नेपाल
सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारीलाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथि गरेको दुर्व्यवहार प्रति घोरं निन्दा गर्दै दोषी प्रहरी माथि कार्यवाही गर्न मांग समेत गर्दछौ । प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको अवस्थामा पनि डाइजोको निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन हुनु पार्ने माग गर्दै महिनौ देखि भोक प्यास त्याग गरी आन्दोलन गरिरहेका मृतक आरती साहको परिवार प्रति एकबद्धता जनाउँदै दोषीलाई छिटै कानूनी दायरामा ल्याउन नेपाल सरकार संग जोड़दार रुपमा मांग गर्दछौ ” भनी बिज्ञप्तिमा प्रष्ट उल्लेख छ।

धनुषाको नगराइन नगरपालिका-८ खिरखिरियाकी आरती र जनकपुरधाम ९ धापाचोकका मोतीबाबु साहबीच ०७८ असार २९ मा मागी विवाह
भएको थियो । विवाहको केही समयपछि श्रीमानले आरतीलाई दाइजोको दबाब र यातना दिदै आएकोमा गत जेठ ७ गते आरती घरको कोठाभित्र पंचामा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन ।

माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको आशंकामा निष्पक्ष छानबिन गरी घटना दवाउने प्रयास गर्न उजुरी लिन अटेर गर्दै पीडितमाथि कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी बेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीबाईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति तुरन्त दिनुपर्ने आग्रह गर्दै नेपाल स्वयंसेवक संघ मधेश प्रदेशका प्रवत्ता पुजा पाठकले जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र दिएका हुन् ।

साथै पीडित पक्षले आरतीका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासू रेनु देवी र देवर रवि साहबिरुद्ध किटानी जाहेरी दिएको बोज तलाश गरी क़ानूनी दायरामा ल्याई कार्यवाही गर्न जाेड्दार माँग गर्दै संघले ज्ञापन पत्र बुझाएको छ।

उक्त ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका फाेकल पर्सन पुजा पाठक र राैतहटका फाेकल पर्सन राकेश यादव लगायत पत्रकारगणहरुकाे उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here