समाजसेवी दाहाललाई विजयका लागी अग्रिम शुभकामना

एनआरएन युकेको सदस्य पदमा विजयका लागी समाजसेवी बाल कृष्ण दाहाललाई कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले अग्रिम शुभकामना दिनुभएको छ ।

एनआरएन युकेको सदस्य पदमा उम्मेदवारी दिन लागेकोमा खुशी व्यक्त गर्नुहुदै कागेश्वरी मनोहरा नगरपालिकाका नगर थापाले विजयका लगी अग्रिम शुभकामना दिनुभएको हो ।

frontline

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ८ गोठाटार निवासी समाजसेवी रामेश्वर दाहालले पनी एनआरएन युकेको सदस्य पदमा विजयका लागी समाजसेवी बाल कृष्ण दाहाललाई अग्रिम शुभकामना दिनुभएको छ ।

एनआरएन युकेको सदस्य पदमा उम्मेदवारी दिन लागेकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउदै कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ८ गोठाटार निवासी समाजसेवी रामेश्वर दाहालले वेलायतमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई अमूल्य मत दिई बाल कृष्ण दाहाललाई विजयी गराउन पनी आग्रह गर्नुभएको छ ।

आगामी जुलाई ३१ मा हुने गैर आवासीय नेपाली संघ युकेको राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा दाहाल उम्मेदवारी दिन लाग्नु भएको हो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारका स्थायी बासिन्दा दाहाल विगत २ दशक देखी वेलायतको रेडिङ्मा बसोबास गर्दै आउनुभएको छ ।

एनआरएन युकेको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका बाल कृष्ण दाहाल समाजसेवाको क्षेत्रमा विगत लामो समयदेखी सक्रिय हुनुहुन्छ ।
‘Penny For Nepal’ का संस्थापक सदस्य दाहाल विगत लामो समयदेखी समाजसेवा र सामाजिक विकासको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

आफूले वेलायतमा रहेका नेपालीहरुलाई गरेको सहयोग र समाजसेवाको क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन गर्दै अग्रजहरुको सल्लाहमा उम्मेदवारी दिन लागेको बताउदै समाजसेवी दाहालले आफूलाई विजयी गराउन वेलायतमा भएका सबै नेपालीहरुलाई आग्रह गर्नुहुदै आगामी दिनमा नेपालीहरुको हक, हितका लागी अझ बढि सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेपालमा कोभिडको समयमा गत बर्ष दाहालले राहतका लागी खाद्यान्न सामार्गी बितरण र कागेश्वरी मनोहरा नगरपालिकालाई आर्थिक सहयोग पनी गर्नुभएको थियो ।
नेपाल हाल कोभिडबाट अत्यन्त प्रभावित भएको बताउदै समाजसेवी दाहालले अक्जिजनको व्यवस्था गर्नका लागी पनी सहयोग गर्नुभएको छ ।

‘Penny For Nepal’ संस्था लगायत वेलायतमा क्रियाशिल संघ संस्थाहरुमार्फत् नेपालमा कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागी आफूहरुले सक्दो सहयोग गर्न लागेको पनी समाजसेवी बाल कृष्ण दाहालले बताउनुभएको छ

श्रोत : ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here