गाजामाथि इजरायलको हमला

केही दिनदेखि हवाई आक्रमण गरिरहेको इजरायलले विद्रोही समूह हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमाथि जमिनबाट पनि आक्रमण थालेको छ।इजरायली सेनाले जमिनमा रहेका सैनिकहरू पनि गाजामाथिको हमलामा जोडिएको जानकारी दिएको छ।

‘इजरायली रक्षा बलका हवाई र स्थल सैनिकहरूले गाजा क्षेत्रमा आक्रमण गरिरहेका छन्,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।इजरायली सैनिकहरू गाजा क्षेत्रमा प्रवेश गर्न लागेको त्रासका बीच स्थानीयहरूले निरन्तर बमबारी भइरहेको सुनाएका छन्।

frontline

इजरायली सेनाले जमिनबाट आक्रमण भए पनि अहिलेसम्म इजरायली सेना गाजा क्षेत्रमा प्रवेश नगरेको बताएको छ।इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आवश्यकताअनुसार आक्रमण जारी रहने बताएका छन्।

यसअघि इजरायल र गाजाको आकाशमा रकेटको लर्को देखिन्थ्यो।गाजामा रहेका विद्रोही समूह हमास र इस्लामिक जिहादले इजरायली शहर तेल अभिभको आसपासमा निशाना बनाएर १ हजार बढी रकेट प्रहार गरेका थिए।

इजरायलले तीमध्ये अधिकांश रकेटलाई आकाशमै ध्वस्त पारेको छ भने जवाफमा गाजामा हवाई आक्रमण गरेको छ। इजरायलको आक्रमणमा अहिलेसम्म हमासको कार्यालय रहेकोसहित तीन वटा ठूला भवन ध्वस्त भएका छन्।

इजरायली सेनाले आफ्नो आक्रमणबाट हमासका ४ जना उच्च कमाण्डर मारिएको बताएको छ।रकेट हानाहान नरोकिएपछि इजरायल र प्यालेस्टाइनबीच युद्ध हुने हो कि भनेर अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरेका छन्।  विभिन्न मुलुकले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। 

रकेट हानाहान जारी रहँदा इजरायलमा यहुदी र अरबी समुदायबीच पनि हिंसाका घटनाहरू हुन थालेका छन्।  केही यहुदीहरूले अरबी समुदायका सवारी साधनमाथि आक्रमण गरेका घटनाहरू बाहिरिएका छन्। 

इजरायल र प्यालेस्टाइनीबीच पछिल्लो तनावको सुरूआत जेरूसेलम डे र शेख जराहमाबारे भएको थियो। सन् १९६७ मा अरब-इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने ‘जेरूसेलम डे’मा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन्। तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो।

शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो।

गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले सोमबार साँझ ६ बजेसम्म अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here