पूर्वरानी कोमल शाह डिस्चार्ज

काठमाडौं, बैशाख ३१ । कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज हुनुभएको छ ।

उहाँ शुक्रबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

frontline

कोरोना संक्रमण भइ २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वरानी पनि भर्ना हुनुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख बुधबार डिस्चार्ज हुनुभएको थियो ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उहाँलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो ।

पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको संक्रमण देखिएपछि नर्भिक अस्पताल उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here