मन्त्रिमण्डलमा पुरानै सदस्यहरुलाई निरन्तरता

ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ
काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ ।




शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो ।
यसैगरी राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ दिलाउनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पुरानै सदस्यहरुलाई निरन्तरता दिनुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राज्यमन्त्रीहरुलाई शपथ दिलाउनुभएको थियो ।
प्रधानमन्त्री बन्न सघाएका पार्टीभित्रकै माधव नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षकालाई भने मन्त्रिमण्डलमा सामेल गराइएको छैन ।
यद्यपि, प्रधानमन्त्रीले दुबै समूहलाई सरकारमा सामेल हुन आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्