प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण

महामारीलाई ध्यानमा राख्दै सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा निम्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

काठमाडौं । आज दिउँसो राष्ट्रपति कार्यालयमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि निम्ता गरिएको छ । 

frontline

महामारीलाई ध्यानमा राख्दै सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा निम्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । स्रोत अनुसार कूटनीतिक नियोग तथा दातृराष्ट्रका प्रतिनिधिहरुलाई समारोहमा बोलाउन विशेष प्राथमिकता दिइएको छ । 

आजको समारोहमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना उपस्थित हुनुहुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुवै नेताले निम्ता स्वीकार गर्दै समारोहमा आउने भन्नुभएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सपथ समारोहमा उपस्थित बन्नुहुने भएको छ । झलनाथ खनाल भने स्वास्थ्यका कारण उपस्थित हुने नहुने निश्चित नभएको बताइएको छ । 

ओली विरुद्ध घृणानिन्दा अभियान चलाइरहनुभएका अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि समारोहमा निम्ता गरिएको छ । बाबुरामले समारोह बहिष्कार गर्नुहुन्छ कि उपस्थित हुनुहुन्छ भन्ने प्रष्ट भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here