टिमलाई विजयी गराउन आह्वान

श्रोत : ईन्टरनेट

गैर आवासीय नेपाली संघ अमेरिका अझै साझा बन्न नसकेको बताउँदै त्यसका लागि आफ्नो टिमलाई विजयी गराउन आह्वान गर्नुभएको छ

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण लामिछानेले साझा एनआरएनए निर्माणको लागि आफूहरुको टिमलाई विजयी गराउन आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिका अझै साझा बन्न नसकेको बताउँदै त्यसका लागि आफ्नो टिमलाई विजयी गराउन आह्वान गर्नुभएको हो ।

frontline

बुधबार टेक्ससको राजधानी अस्टिन शहरमा स्थानीयसँगको भेटभाट तथा अन्तरकृया कार्यक्रममा अध्यक्षका उम्मेदवार लामिमछानेले संस्थालाई सबैले गर्व गर्न सक्ने र लायक बनाउन आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष लामिछानेले एनसीसीमा परिवर्तनका लागि र त्यहाँभित्र भएका बद्मासीहरुलाई बाहिर निकालेर नेपाली समाजको लागि एउटै साझा संस्था र सबैको प्रिय फुलबारी संस्था बनाउनका लागि आफ्नो टिमलाई मतदान गर्न आग्रह गर्दै दुई वर्षमा कसैले शिर निहुराउने काम नगर्ने पनि बाचा गर्नुभयो ।

उहाँले यो गर्छु त्यो गर्छु भनेर ठूल्लाठूला आश्वासन नदिने ताउँदै भन्नुभयो, ‘मैले नेतृत्व गरेको खण्डमा संस्थाको सदस्य बनौ बनौ लाग्ने वातावरण सिर्जना गर्छु । यहाँभित्र रहेको बेथीतिलाई म व्यवस्थित गर्छु र एनआरएनएलाई साझा संस्था बनाउन म लागिपर्छु । ‘

त्यस्तै, संस्थालाई सर्वमान्य, सर्वपक्षीय र अमेरिकाबासी मात्रै नभएर विश्वका सबै नेपालीहरुले विश्वास गर्न लायक बनाउन पनि आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । संस्थाभित्र रहेका सबै बेथिती र अब्यवस्थित प्रद्धतिलाई पूर्ण रुपमा परिवर्तन गर्नका लागि आफूहरु अगाडि बढेको बताउँदै अमेरिकाबासी नेपाली समुदायको पूर्ण साथ र समर्थन पाउनेमा विश्वस्त रहेको पनि बताउनुभयो । ।

कार्यक्रममा उपाध्यक्षका उम्मेदवार विकास उप्रेत्तिले युवा तथा महिला सहभागितामा जोड दिर्दै संस्थाभित्र आमूल परिवर्तनको खाँचो औल्याउनुभयो । एनआरएनए अमेरिकाको संस्थागत परिवर्तन र पारदर्शीता कायम गर्न आवश्यक रहेको बताउँदै त्यसको लागि सबै युवा तथा महिलाहरुको सक्रिय सहभागिता हुनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा आइसिसी सदस्यका उम्मेदवारहरु सिपी पौडेल, पदम थाकुराथी, बिनोद तिवारी, ओम भटराई, सचिवका उम्मेदवार द्रोण गौतम, सह-कोषाध्यक्षका उम्मेदवार विकल ढकाल, बोर्ड डाईरेक्टरका उम्मेदवारहरु दीपक हुँमागाई, राम कुमार महत्त, श्रीकृष्ण गौतम, कमल सापकोटा लगायतको सहभागिता थियो ।

ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष भोजराज भट्टको सहभागितामा सम्पन्न कार्यक्रममा टेक्सस च्याप्टरका सभापतिका उम्मेदवार सोफिन थापा लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन दिपेन्द्र हुमाँगाईले गर्नुभएको थियो ।कार्यक्रममा ज्ञानेन्द्र केसी, देवराज न्यौपाने, दिपक हुमाँगाई, राम कुमार महत्तो, नारायण पुरी र डा कमल अधिकारीले कृष्ण लामिछाने टिमलाई समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here