उपचारको लागि पशु स्वास्थ्यकर्मी माग फालेलुङ
फालेलुङ गाउँपालिकाले पशु स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर माग गरेको छ। बिहिबार एक सुचना जारी गर्दै गाउँपालिकाले एक महिनाको लागि पशु स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर पदमा पाँचजना कर्मचारी माग गरेको छ।
पालिकाभरि लम्पि स्किन रोग व्यापक रुपमा फैलिरहेको हुँदा त्यसको उपचार र असंक्रमित क्षेत्रमा खोप लगाउनको लागि पशु स्वास्थ्यकर्मी माग गरेको हो। इच्छुक योग्य व्यक्तिलाई ३०० रुपैयाँ दस्तुर तिरि सुचना प्रकासित भएको चारदिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्