काबेली तेश्रो हाइड्रो द्वारा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न !

ताप्लेजुङ को पेदाङ मा kabeli hydropower, snow River Ltd र Hilton hydro energy Ltd ‌को आयोजना तथा योगदान राष्ट्रको लागि अभियान को सहकार्य मा अन्तर्राष्ट्रिय प्रशिक्षक द्वारा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न !

कार्यक्रम को उद्घाटन काबेली हाईड्रो का सञ्चालक मोहन बिक्रम कार्की ज्यू को प्रमुख अथिति मा भएको थियो साथै वहा ले निशुल्क प्राथमिक उपचार तालिम अनिवार्य हरेक घर घर बाट सहभागी हुनु पर्ने र विभिन्न जोखिम पूर्ण क्षेत्र मा काम गर्नेले प्राथमिक उपचार तालिम लिनु पर्ने जानकारी गराउनू भयो र यस प्राथमिक उपचार तालिम ले धेरै को जीवन बचाउन मद्दत हुने ब्यक्त गर्नू भयो ! तालिम मा काबेली हाईड्रो का कर्मचारी, सुरक्षाकर्मी स्थानीयबासी को उपस्थित रहेको थियो ! कार्यक्रम श्री राष्ट्रिय माध्यमिक बिद्यालय पेदाङ मा भएको थियो ! तालिम का मुख्य प्रशिक्षक ओम उप्रेती हुनुहुन्थ्यो भने कार्यक्रम मा हेल्थ डेस्क मा निशुल्क स्वस्थ्य परिक्षण स्वस्थ्य उपचारिका (नर्श) हरु बाट प्रदान गरिएको थियो भने यस तालिम ले विद्यार्थी भाई बहिनी हरू लाई उपयोगी रहेको राष्ट्रिय माध्यमिक बिद्यालय पेदाङ का प्रधानध्यापक ज्यु ले ब्यक्त गर्नू भयो !

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here