बार्षिक प्रतिवेदन नबुझाउने सहकारी संस्थाहरूको अनुगमन भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाको सहकारी अनुगमन समितिले सहकारी संस्थाहरुको अनुगमन गरेको छ । वार्षिक साधारणसभाको प्रतिवेदन समयमा नबुझाएका ४ वटा सहकारी संस्थाहरूको समितिले मंगलबार स्थलगत अनुगमन गरेको हो । 

 समितिले झीगु ख्वप बचत, कृष्ण बचत, त्रिपुरासीप विकास बचत र सम्पद् बचत तथा ऋण सहकारी संस्था लिको स्थलगत अनुगमन गरी आवश्यक सुझाव र निर्देशन दिएको समितिले जनाएको छ ।

frontline

निरीक्षणका क्रममा सहकारी समितिका सदस्यहरूले आफू कार्यरत सहकारी संस्थाहरूले समयमा मासिक तथा चौमासिक प्रतिवेदन नबुझाएको, संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको कारोबारको आधारमा गर्नुपर्नेमा शेयरको आधारमा वितरण गर्ने गरेको, सञ्चालक समितिको बैठक नियमित नबसेको, कार्यक्षेत्र भन्दा बाहिर गएर सदस्यता वितरण गर्ने गरेको, विभिन्न समिति उपसमिति गठन नभएको, हिसाबकिताब सफ्टवेयरमा राख्ने गरेको तर प्रिन्ट निकालेर प्रमाणीकरण नगरेको, नागरिक बडापत्र सूचना पाटी नराखेको, सहकारी संस्थाले कर समयमा नतिरेको, लेखा परीक्षण समयमै नगरेको, सदस्यता वितरणमा सञ्चालक समितिको निर्णय नभएको, सहकारी मूल्यमान्यताअनुसार सञ्चालन नभएको आदि समस्याहरु पाइएको बताए  ।

सो समस्या समाधान गर्नको लागि समितिले सहभारीलाई निर्देशन गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here