नगर उप प्रमुख शान्ती नेपाल सहितको टोलि द्वारा नगर भित्र संचालित अस्पतालको अनुगमन
काठमाडौं,बैशाख ३०। गोकर्णेश्वर नगरपालिकाभित्र संचालनमा रहेका निजि अस्पतालहरुको नगर उप प्रमुख शान्ति नेपाल सहितको टोलि द्वारा अनुगमन गरेको छ ।बुधबार टोलीले गोकर्णेश्वर नगरपालिका भित्र संचालित नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल र खाङग्री अस्पतालको अनुगमन गरेको हो केहि दिन अघिकोरोना भाइरस संक्रमित बिरामीको उपचार गरिरहेको नेपाल मेडिकल कलेजले नयाँ बिरामी भर्ना नलिने बिज्ञप्ति जारि गरेपछि नगरपालिकाले नगर उप प्रमुख शान्ती नेपाल , बाणिज्य बिभाग को निर्देशक सागर मिश्र सहितको टिमले अस्पतालहरुको अनुगमन गरेको हो ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तीमार्फत थप बिरामी भर्ना गर्न नसकिने जनाए पछि नगरपालिकाको अगुवाइमा अनुगमन गरेको र थप अक्सिजन उपलब्ध गराउन पहल गर्ने भए पछि आज बाट अस्पतालले भर्ना लिने नगर उप प्रमुख शान्ति नेपालले कपन अनलाइनलाइ जानकारी गराइन। टोलीले अस्पताल प्रशासन संग छलफल समेत गरेको थियो ।छलफल पश्चात हाललाई अक्सिजन प्राप्त भएको हुँदा आज बाट सेवा सुचारु गर्ने बताइएको थियो ।
नगरपालिका भित्रका तीन वटा अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुदै आएको छ । नगरपालिका भित्र दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा आम नगरबासीलाई थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न र अत्यावश्यक काममा जाँदा अनिवार्य मास्क लगाई भौतिक दुरी कायम गर्न पनि अनुरोध गरेकी छिन
श्रोत: ईन्टरनेट
प्रतिक्रिया दिनुहोस्