फजुल खर्च रोक्नेछु : अध्यक्ष पदका उमेद्वार लामिछाने

डेनभर । एनआरएनएको सबैभन्दा ठुलो एनसिसी एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि रथ हांक्ने कृष्णको बुद्धीले युद्धमा अर्जुनको तिलक लगाउने एक ब्यक्तीको लागि निर्वाचन सम्पन्न हुनेछ । रथ हांक्ने म हुँं भन्दै एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासीहरु बिभिन्न शहरहरुमा कुंदिरहेका छन ।

यसै क्रममा आफ्नो चुनावी प्रचार दौरानमा ‘साझा एनआरएनए’ को नारा बोकेर अठारौं सामुदायिक भेटघाटका लागि कोलोराडो राज्यको डेनभर शहर पुगेका अध्यक्ष पदका शक्तिशाली प्रत्यासी र उनको समुहको एक भब्य कार्यक्रम सम्पन्न भएको छ ।

frontline

अमेरिकामा एनआरएनए सदस्य संख्याका हिसाबले मध्यम तर निर्णायक हैसियत राख्ने कोलोराडो च्याप्टर र कृष्ण लामिछाने जिताउने अभियानका स्थानिय संयोजक तथा एनआरएनए कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासुदेव खनालको संयोजकत्वमा सम्पन्न भब्य कार्यक्रम र शालिन ब्यवस्थापनका यस्ता कार्यक्रम शायदै आयोजना भएको अनुभुती हुन्थ्यो । स्थानिय दरबार रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा हलभरी खचाखच आगन्तुकहरुको उपस्थिती थियो ।

लामिछानेको समर्थनमा ‘हाईकमान्ड’हरुको पहिलो उपस्थिती :

एनआरएनए आईसिसीका सचिव गौरीराज जोशी प्रथम पटक लामिछाने समुहको चुनावी कार्यक्रममा उपस्थित थिए । नेजस अमेरिकाका प्रभावशाली नेता तथा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका अर्का प्रत्यासी बुद्धी सुवेदीका पक्षधर भनी हल्ला फिंजाईएका नेता बिष्णु सुवेदी लामिछाने समुहको कोलोराडोको कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।

एनआरएनए सल्लाहकार तथा नेजसका चर्चित नेता हरिबोल भन्डारी यो कार्यक्रमलाई सफल बनाउन डेनभरमा उपस्थित थिए । एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी आफ्नो दल बल सहित प्रथमचोटी लामिछाने समुहको समर्थनका लागी बाल्टिमोरदेखी कोलोराडो उत्रिएका थिए ।

राष्ट्रिय गान सहित एनआरएनए कोलोराडो च्याप्टरका सह-सचिब उम्मेदवार सञ्जय शाक्यको स्वागत मन्तब्यबाट शुरुवात गरिएको कार्यक्रममा एनआरएनए मानार्थ सदस्य लोक तिवारी, रा.प्र.पाका सह-महामन्त्री प्रेम श्रेष्ठ र प्रकाश सापकोटा कार्यक्रममा उपस्थित थिए ।

नेपाली कांग्रेस गोरखाका पुर्व सभापती बुद्धी लामिछाने, फिफ्नाका पदम गुरुङ्ग, एनआरएनए केन्सास च्याप्टरका अध्यक्ष फिलिप केसी, नेजस नेताहरु प्रतिक पाण्डे, एनआरएनए अमेरिकाका सचिव अमृत कट्टेल, नेजस कोलोराडो च्याप्टरका सभापती गणेश भन्डारी लगायतका सामाजिक अभियान्ताहरु कृष्ण लामिछाने र उनको समुहलाई समर्थन गर्न कार्यक्रममा उपस्थित थिए ।

कोलोराडोका सामाजिक संस्था तथा प्रतिनिधीहरुको ओईरो :

लामिछाने समुहको यो भब्य सामदायिक भेटघाट तथा चुनावी कार्यक्रममा कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल, नेपाली घरका अध्यक्ष लछुमन राना, तमु धिं कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, प्रवासी नेपाली मञ्चका प्रतिनिधि सन्तोष न्यौपाने, सङ्खुवासभा जनसम्पर्क समितिका अध्यक्ष विनोद गौली, अनेसास बोर्ड अफ ट्रस्टी उपाध्यक्ष एवम अनेसासका पुर्व अध्यक्ष पदम विश्वकर्मा, एएनएका पुर्व अध्यक्ष नवीन दत्त, अनेसासका पुर्व अध्यक्ष ज्ञानेन्द्र गदाल लगायत उपस्थितहरुले एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने र उनको समुहबाट आकांक्षी प्रत्यासी उम्मेदवारहरूलाई बिजयका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिका कोलोराडो च्याप्टरका लागि अध्यक्ष पदका प्रत्यासी तथा वर्तमान उपाध्यक्ष रामचन्द्र पन्तले आफु र आफ्नो समिती निर्वाचित भए आगामी दुई बर्ष गरिने कार्यक्रमहरुको कार्य योजनाबारे प्रकाश परेका थिए । जोशिला युवाहरु सम्मिलित उनको टीम, अनुशासन र ब्यवस्थापन साच्चै सराहनीय थियो ।

बिष्णु सुवेदीको लामिछाने र समुहलाई समर्थन :

कतै नखुलेका र बुद्धी सुवेदीलाई समर्थन गर्ने बजार हल्ला चलाईएका नेजस अमेरिकाका प्रभावशाली नेता तथा पुर्व संयोजक बिष्णु सुवेदीले एनआरएनए अमेरिकाको अगामी निर्वाचनमा काम गर्ने उमेद्वार कृष्ण लामिछाने र उनको समुहलाई आफुले सहयोग गर्ने घोषणा गरे ।

‘पोखराको झल्को दिने कोलोराडोबाट एनआरएनए अमेरिकाको आगामी अध्यक्ष निर्वाचित गराई बिजयको पगरी थमाईदिनुहुन म हार्दिक गर्दछु’ सुवेदीले भने । कार्यक्रममा क्यान्सास च्याप्टरका सभापती फिलिप केसीले लामिछाने र उनको समुहलाई बिजय गराउनुको बिकल्प नभएको बताए ।

फजुल खर्च रोक्नेछु : अध्यक्ष पदका उमेद्वार लामिछाने

एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उमेद्वार कृष्ण लामिछानेले आफु पदको लागि डेटको नभई काम सम्पन्न गर्न अधिकारिक पद नभए समस्या हुने अनुभवले साथीहरुको सहयोग र सल्लाहमा अध्यक्ष पदको लागि आफु निर्वाचन लडेको बताए । लामिछानेले एनआरएनए कार्यालय स्थापना, निर्वाचन प्रणाली तथा अमेरिकाको सदस्यता विवाद लगायतका काम गर्न आफूले आगामी दुई वर्षका लागि आफ्नी श्रीमती र छोरीहरूसँग बिदा लिएर एनआरएनए अमेरिकाको लागि काम गर्न छुट्टाएको बताए । ‘एनआरएनए अमेरिकालाई समुदायको सदस्यको पहुँचमा ल्याउन आफूले अध्यक्ष पदमा निर्वाचन लडेको बताउँदै मर्दा र पर्दाको एनआरएनए निर्माण गर्न आफू लागिपर्ने’ बताए ।

ब्रिफकेशमा सिमित रहेको एनआरएनए अमेरिकालाई सामुदायिक सदसयको पहुंचमा ल्याउने बताउंदै लामिछानेले चुनावी प्रकृयामा हुने अनावश्यक खर्चलाई रोक्न आफु निर्वाचित भए क्षेत्रीय रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने बताए । ‘चुनावी दौरानमा हुने खर्चले जन्मभुमीमा बिद्धालय वा पुल बन्छ, वाध्यात्मक यो परिस्थितीलाई तोडेर आफु निर्वाचित भए डिलिगेट्सलाई आधार बनाएर क्षेत्रीय रुपमा एनआरएनएका कार्यक्रमहरु आयोजना गरिने लामिछानेले बताए ।

एनआरएनए च्याप्टर स्थानिय संस्थाको प्रतिस्पर्धी होईन : वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार पन्थ

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार कृष्ण जिबी पन्थले एनआरएनए अमेरिकाको भन्दा बढी ब्यबस्थित कार्यक्रमको लागि आयोजकलाई धन्यवाद दिंदै युवा सहभागीता र महिला समावेशिताको लागि आफुले हारे पनि जिते पनि काम गर्ने बताए ।

बिभिन्न राज्यमा शुभेच्छुकहरुले उठाएका आवाज नै आफ्नो एजेन्डा रहेको बताउंदै पन्थले आफुले आफ्नो समुहले मिलेर ल्याउने कार्यसमितिको एजेन्डामा रहेर एनआरएनए अमेरिकालाई पारदर्शी बनाउने बताए । नेपाल वा प्रवास, जहाँं रहेपनि एनआरएनए अमेरिकाले नेपालीकै लागि काम गर्नुपर्ने बताउंदै च्याप्टरलाई अब अझ बढी सशक्त बनाउन आफुहरु लाग्ने बताए । एनआरएनए च्याप्टर कुनै पनि स्थानिय संस्थाको प्रतिस्पर्धी नभएको भन्दै पन्थले बरु स्थानिय संस्थाहरुसंग समन्वय गरेर एनआरएनए च्याप्टरहरु अघि बढ्नुपर्ने बताए ।

एनआरएन कोलोराडो च्याप्टरका सचिव पदका उम्मेदवार शङ्कर गुरुङले संचालन गरेका कार्यक्रममा उपाध्यक्ष पदका प्रत्याशीहरू विकास उप्रेती, प्रवीण के सी, पूर्ण चन्द्र बानियां, महिला उपाध्यक्ष पदकी उम्मेदवार दिक्षा बस्नेत, महिला सचिव उम्मेदवार सुनिता कंडेल सापकोटा, सह-कोषाध्यक्ष पदका उम्मेदवार विकल ढकाल, युवा संयोजकका उम्मेदवार ओम गुरुङ, आईसिसीका उमेम्दवारहरु रामबाबु पाण्डे र रविन बज्राचार्य, बोर्ड अफ डाइरेक्टर पदका उमेम्दवारहरु कमल सापकोटा, दिवाकर पाण्डे, अशोकजंग के सी, साबु गदाल, राजेन्द्र बाबु जोशी (जोशीबाबु) ले आ-आफ्ना बिचार राख्दै टिम लामिछानेलाई समर्थन गर्ने बताएका थिए ।

एनआरएनए अमेरिका कोलोराडो च्याप्टरका पुर्व सभापति वासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले युवा जोश्ले भरिएको आर सी पन्तको समुहलाई काम गर्नाका लागि बिजयी गराउन आग्रह गरे । नेपाली समुदायमा हुने राजनैतीक खिचातानी र आरोप प्रत्यारोपहरुप्रती कटाक्ष गर्दै खनालले आफु सधैं सत्यको पक्षमा रहेको जनाए ।

लामिछाने समुहको सबैभन्दा ब्यवस्थित कोलोराडो चुनावी कार्यक्रम र एनआरएनए अभियान्ताहरुको एकाकार भेटका लागि खनाल, मानार्थ सदस्य तथा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजकका आगामी उमेद्वार प्रकाश सापकोटा, आर सी पन्त र समुहको तयारी वास्तवमै सराहनीय थियो ।

सम्पन्न कार्यक्रमको तस्बिर

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here