अक्सिजन आपूर्तिमा झन् कठिनाइ

श्रोत : ईन्टरनेट

‘सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लागू गरेपछि झन् गाह्रो

वैशाख, काठमाडौं । सरकारले अक्सिजनमा कोटा प्रणाली लागू गरेपछि आपूर्तिमा झन् कठिनाइ भइरहेको कतिपयको गुनासो छ । भक्तपुरका तीनवटा अस्पतालले हिजो मात्रै बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गरे । अक्सिजन आपूर्ति सहज नभएकै कारण भक्तपुरको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले नयाँ बिरामी भर्ना लिन नसक्ने घोषणा गर्यो ।

frontline

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले हिजो अक्सिजन माग्दै सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालयसम्म हारगुहार गर्नुपरेको बताउँदै भने, ‘हिजो एक घण्टामात्रै ढिलो भएको भए २० जना बिरामीको ज्यान जान्थ्यो, सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लागू गरेपछि झन् गाह्रो भएको महसुस भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here