नगरपालिका संघको माग तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न

श्रोत:ईन्टरनेट

नेपालमा ६८ जिल्लामा फैलिएर झन् भयावह भएको, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षति समेत भइरहेको संघको भनाइ छ।

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै तत्काल संकटकाल घोषणा गर्न नेपाल नगरपालिका संघले माग गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

frontline

‘हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउ, ज्यान सुरक्षाका लागि निम्न बमोजिमका कार्यलाई अघि बढाउन संघ सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छौं,’ पत्रमा भनिएको छ ।

हालसम्म नेपालमा ६८ जिल्लामा फैलिएर झन् भयावह भएको, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षति समेत भइरहेको संघको भनाइ छ।

संक्रमण रोकथाम संविधानत: संघको एकल अधिकार भए पनि महामारी नियन्त्रण साझा प्रयासमा मात्र सम्भव हुने भन्दै संघले स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here