धनगढीमा स्मार्ट सडक बत्ती जडान

कैलाली। धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरेको छ । धनगढी चौराहादेखी गेटासम्मको छ लेन सडक क्षेत्रमा  स्मार्ट सडक बत्ती जडान सम्पन्न भएको हो। 

सडक बत्तीको बुधबार एक समारोहमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका भौतिक विकास मन्त्री प्रकाश बहादुर देउवा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिंग, उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल , राष्ट्रिय सडकबत्ती प्रवर्द्धन आयोजना आयोजनाका प्रमुख  प्रमोद रिजाल तथा धनगढी उप–महानगर बासीको उपस्थितिमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको नगरप्रमुख हमालले जानकारि दिए। 

frontline

६० प्रतिशत उपमहानगरपालिका र ४० प्रतिशत नेपाल विधुत प्राधिकरणको सहयोगमा  स्मार्ट सडक बत्ति जडान गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनको अनुसार २०७९ असार ९ मा उपमहानगर र प्राधिकरणबीच सहमति पत्रमा हस्ताक्षर गरि बत्ती जडानको काम सुरु गरिएको थियो। निर्माण कम्पनि सुर्योदय उर्जा प्रा.लिले सडक बत्ती जडान गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here