नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २३ जना घाइते

४ फागुन, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विदुर नगरपालिका-३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका घर भई विदुर नगरपालिका-६ मा बस्ने ६ वर्षीय रामप्रसाद अर्याल रहेका छन्।

frontline

बट्टार स्थित हावाघरबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस अपराह्न ४ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र १ जनाको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए। 

अस्पतालमा मृत्यु हुने महिलाको नाम खुल्न बाँकी छ। दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ। 

बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको समेत प्रवक्ता खड्काले बताए। दुर्घटना हुनुको कारण खुलेको छैन। बस सडकबाट करिव ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here